आजको विदेशी मुद्राको विनिमय दर, युराेकाे भाउ १४५ रूपैयाँ नाघ्याे
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०५ पैसा र बिक्री दर १३२ रूपैयाँ ६५ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६० पैसा र बिक्री दर १४६ रूपैयाँ २६ पैसा कायम गरिएकाे छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३३ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा, दक्षिण काेरियाली वन १०० को खरिदमा १० रूपैयाँ ७ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसामा खरिदबिक्री गर्न सकिनेछ।
साउदी रियाल एकको खरिद दर ३५.२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३६ रुपैयाँ कायम गरिदिएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.८८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१ रुपैयाँमा काराेबार गर्न अनुमति दिएकाे छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment