पाकिस्तानका फास्ट बलरलाई सामना गर्ने यस्तो छ रोहित शर्माको रणनीति
काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले शनिबार साँझ पाकिस्तानसँगको खेलका बारेमा सञ्चारकर्मीसँग कुरा गरेका छन् ।
श्रीलंकाको क्यान्डी शहरमा दिउँसो ३ बजेदेखि एसिया कपको तेस्रो खेल भारत र पाकिस्तानबीच हुँदैछ । भारत र पाकिस्तानसँगै विश्वभरका करोडौं क्रिकेट प्रेमीहरु यो खेलको उत्सुकताका साथ पर्खिरहेका छन् ।
यो खेलमा विराट कोहली र रोहित शर्मा जस्ता भारतीय ब्याट्सम्यानले पाकिस्तानका शाहिन अफ्रिदी, नसिम शाह र हरिस रउफ जस्ता फास्ट बलरसँग प्रतिस्पर्धा गर्नेछन् ।
रोहित शर्माले यस खेलको चुनौतीबारे मिडियासँग कुरा गर्दै भने, ‘तिनीहरू सबै राम्रा बलर हुन्। हामीले भोलि उनीहरूविरुद्ध खेल्ने हाम्रो अनुभवलाई प्रयोग गर्नुपर्छ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment