नेपाल र भारतबीचको खेलमा पुनः वर्षा
Photo: AP /Eranga Jayawardena
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित बनेको छ । नेपालले ३७.५ ओभरमा १७८ रन बनाएर खेलिरहँदा वर्षा भएसँगै खेल पुनः रोकिएको हो ।
यसअघि पनि दुई पटक वर्षाले केहिबेरका लागि खेल रोकिएको थियो । आजको खेलमा तेस्रो पटक वर्षाले प्रभावित पारेको हो । श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले ३७.५ ओभरमा ६विकेट गुमाएर १७८ रन बनाएको छ ।
नेपालका दिपेन्द्र सिंह ऐरीले २७ तथा सोमपाल कामीले ११ रन बनाएर अटआउट छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment