नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

डिसी नेपाल
१८ भदौ २०८० १९:५९
408
Shares

काठमाडौं । एसिया कप अन्तर्गत भारतविरुद्धको खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धसतक प्रहार गरे । उनले ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाए। यस्तै अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । २५ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे । आसिफ र कुशलले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे ।

मिडल अर्डरका ब्याटर नचलेको खेलमा नेपालका लागि आसिफ शेख र गुल्शन झाले ३१ रनको साझेदारी गरे । गुल्शन २३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल ५ रन, भीम शार्की ७ तथा कुशल मल्ल २ रनमा आउट भए ।

सातौँ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ५० रनको साझेदारी गरे । सोमपाल ४८ रनमा आउट हुँदा दिपेन्द्र २९ रन बनाएर आउट भए । सन्दीप लामिछानेले ९ तथा करण केसीले २ रन बनाए ।

भारतका मोहम्मद सिराज र रविन्द्र जडेजाले समान ३/३ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.