ताइवानले चीनको खतरासँग जुध्न पनडुब्बी बनायो
काठमाडौं । चीनको खतरासँग जुध्न ताइवानले आफ्नो पहिलो स्वदेशी पनडुब्बी तयार गरेको छ । ताइवानका राष्ट्रपति साई इङ वेनले पनडुब्बीको प्रक्षेपण कार्यक्रममा भाग लिइन्।
अमेरिकी अधिकारीहरूले ताइवानलाई आगामी वर्षहरूमा चीनले आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। चीनले ताइवानलाई आफ्नो हिस्सा भएको दाबी गर्दै चीनको ‘मुख्यभूमि’मा एउटा मात्र सरकार रहेको बताउँछ।
युक्रेनमा रुसले आक्रमण गरेपछि ताइवानको भविष्यबारे बहस चर्किएको छ ।
कार्यक्रममा राष्ट्रपति इङ वेनले भनिन्, “यो दिनलाई इतिहासले सधैं सम्झिरहने छ, पहिले यो काम असम्भव मानिन्थ्यो तर हामीले त्यो काम गर्यौँ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment