क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने– भारतसँग राम्रो सम्बन्ध बनाउन गम्भीर छौं

डिसी नेपाल
१३ असोज २०८० १२:५४
16
Shares

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतसँग घनिष्ठ सम्बन्ध निर्माण गर्न क्यानडा गम्भीर रहेको बताएका छन् । भारत र क्यानडाबीच कूटनीतिक तनाव उत्कर्षमा रहेको बेला प्रधानमन्त्री ट्रुडोको यो बयान आएको हो ।

बिहीबार प्रधानमन्त्री ट्रुडोले क्यानडाका लागि भारतसँग ‘गम्भीर र रचनात्मक’ रूपमा संलग्न हुनु धेरै महत्त्वपूर्ण भएको बताए।

क्यानडाको अखबार ‘नेसनल पोस्ट’सँग कुरा गर्दै उनले भने, “भारत एक बढ्दो आर्थिक शक्ति र महत्त्वपूर्ण भूराजनीतिक खेलाडी हो र हामीले गत वर्ष हाम्रो इन्डो-प्यासिफिक रणनीतिमा भनेझैं हामी भारतसँग घनिष्ठ सम्बन्ध बनाउन चाहन्छौं।”

सेप्टेम्बर १९ मा जस्टिन ट्रुडोले क्यानडाको संसदमा भनेका थिए ‘क्यानडासँग हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टहरू संलग्न हुन सक्ने विश्वसनीय प्रमाणहरू छन्।’

भारतले यो आरोपलाई आधारहीन र राजनीति प्रेरित भन्दै अस्वीकार गरेको छ ।

यी आरोपपछि क्यानडाले भारतका एक शीर्ष कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । यसपछि भारतले क्यानडाका एक कूटनीतिज्ञलाई पनि निष्कासन गरेको थियो ।

क्यानडाले भारतमाथि लगाइएको आरोपको छानबिन गरिरहेको छ । अमेरिकाले यी आरोप गम्भीर रहेको र भारतले यस अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएको छ ।

यद्यपि क्यानडासँग कस्तो प्रमाण छ भन्ने बारे आधिकारिक जानकारी भने खुलाइएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *