पुटिनले वाग्नर समूहका पूर्व कमाण्डरलाई स्वयंसेवी लडाकुको जिम्मेवारी दिए
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर सेनाका वरिष्ठ पूर्व कमाण्डरसँग भेट गरेका छन् ।
क्रेमलिनले आन्द्रेई तोर्सेभले अब रुसी रक्षा मन्त्रालयमा काम गर्ने बताएको छ। आन्द्रेई तोर्सेभ वाग्नरका दिवंगत प्रमुख येभगेनी प्रिगोजिनका पूर्व सहयोगी हुन्।
अगस्टमा विमान दुर्घटनामा प्रिगोजिनको मृत्यु भएको थियो। प्रिगोजिनले जुनमा रूसमा विद्रोहको असफल प्रयास गरेका थिए।
त्यसको दुई महिनापछि विमान दुर्घटनामा उनको मृत्यु भयो ।
क्रेमलिनले भनेअनुसार राष्ट्रपति पुटिनले तोर्सेभलाई युक्रेनमा स्वयंसेवी लडाकुहरूको एकाइको कामको निरीक्षण गर्न आग्रह गरेका छन्।
युक्रेनको युद्धको सन्दर्भमा, राष्ट्रपतिले तोर्सेभलाई भने कि उनले ‘युद्ध-सम्बन्धित धेरै कार्यहरू गर्ने स्वयंसेवक एकाइहरूको निरीक्षण गर्नेछन्।’
पुटिनले भने, ‘युद्धको काम सफलतापूर्वक सम्पन्न गर्नका लागि पहिले नै समाधान गर्नुपर्ने मुद्दाहरूबारे तपाईलाई थाहा छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment