टर्कीको राजधानी अंकारामा संसद भवन नजिकै विस्फोट

डिसी नेपाल
१४ असोज २०८० १३:३३
16
Shares

काठमाडौं । टर्कीको राजधानी अंकारामा आइतबार संसद भवन नजिकै विस्फोट भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीका आन्तरिक मामिला मन्त्रीले मन्त्रालयको भवन बाहिर दुई आतङ्ककारीले आक्रमण गरेको बताए । जवाफी कारबाहीमा एकजना मारिएका छन्, अर्काले आफैंलाई विस्फोट गराएका छन्।

आक्रमणमा दुई सुरक्षाकर्मी पनि घाइते भएको आन्तरिक मामिला मन्त्रीले बताए । समाचार एजेन्सी एएफपीका अनुसार संसद भवन नजिकै विस्फोट भएको हो ।

टर्कीको आन्तरिक मामिला मन्त्रालयले भनेको छ, “आइतबार बिहान ९.३० बजे दुई आतङ्ककारी संदिग्ध गाडीमा आएर मन्त्रालयको गेट नजिकै बम विस्फोट गराए।” थप जानकारीको प्रतीक्षा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *