प्रकाशको विषयमा महत्वपूर्ण प्रयोग गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार
काठमाडौं । सन् २०२३ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रकाशको ‘छोटो क्षण’ कैद गर्ने ‘प्रयोग’ गर्ने वैज्ञानिकहरूलाई प्रदान गरिएको छ। अवार्ड प्राप्त गर्ने वैज्ञानिकहरुमा पियरे अगस्टिनी, फेरेन्क क्राउज र एन एल हुली रहेका छन् ।
यी वैज्ञानिकहरूले प्रयोगहरू मार्फत प्रकाशको अत्यन्तै सूक्ष्म तरंगहरू कसरी संरचित गर्न सकिन्छ भनेर देखाए। यो विधि इलेक्ट्रोनको ऊर्जा परिवर्तनको द्रुत प्रक्रिया मापन गर्न प्रयोग गर्न सकिन्छ।
प्रोफेसर पियर अगस्टिनी संयुक्त राज्य अमेरिकाको ओहायो विश्वविद्यालयमा पढाउँछन्। प्रोफेसर फेरेन्क क्राउजले जर्मनीको म्याक्स प्लांक इन्स्टिच्युटमा क्वान्टम अप्टिक्स सिकाउँछन्। प्रोफेसर एन ल’हुली स्वीडेनको एक विश्वविद्यालयमा पढाउँछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment