सिरियामा सैनिक एकेडेमीमा भएको ड्रोन आक्रमणमा सय जनाको मृत्यु

डिसी नेपाल
२० असोज २०८० १२:३२
180
Shares

काठमाडौं । पश्चिमी सिरियाको होम्स सहरमा रहेको सैन्य एकेडेमीमा भएको ड्रोन आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको बताइएको छ ।

ड्रोन आक्रमणको समयमा एकेडेमीमा स्नातक समारोहमा नयाँ भर्ती भएका परिवारहरू, महिला र बालबालिकाहरू पनि उपस्थित थिए।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

सेनाले यस हमलाको लागि ‘आतंकवादी समूह’लाई दोष लगाएको छ, जसलाई ‘अन्तर्राष्ट्रिय शक्तिहरूको समर्थन’ छ।

अहिलेसम्म कुनै पनि विद्रोही वा अतिवादी संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छैन।

विपक्षीको गढ रहेको इडलिब प्रान्तमा सरकारी सेनाले भारी गोली चलाउँदा पाँच सर्वसाधारणको मृत्यु भएको केही रिपोर्टहरूले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *