इरानले इजरायलमा हमासको हमलालाई समर्थन गर्दै भन्यो – बधाई छ

डिसी नेपाल
२१ असोज २०८० १४:४८
904
Shares

काठमाडौं । हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा २२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।

इजरायली सरकारले यो युद्ध भएको र शत्रुहरूले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएको छ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका एक सल्लाहकारले इजरायलमा प्यालेस्टिनी लडाकुहरूले गरेको आक्रमणलाई समर्थन गरेको रिपोर्टहरू छन्।

इर्ना समाचार एजेन्सीका अनुसार रहिम सफावीले भने ‘हामी प्यालेस्टिनी लडाकुहरूलाई बधाई दिन्छौं।’

उनले भने–जेरुसेलम र प्यालेस्टाइनको स्वतन्त्रता नभएसम्म हामी प्यालेस्टिनी लडाकुहरूसँग छौँ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *