गाजाको अन्तिम पावर स्टेशन पनि बन्द, बिजुली आपूर्ति पूर्ण रूपमा रोकियो

डिसी नेपाल
२५ असोज २०८० १४:०५
1.7k
Shares

काठमाडौं । गाजाको अन्तिम पावर स्टेशनले पनि इन्धन अभावका कारण काम गर्न छाडेको छ । त्यसपछि यहाँको विद्युत आपूर्ति पूरै ठप्प भएको छ ।

चरमपन्थी संगठन हमासले शनिबार गरेको आक्रमणपछि इजरायलले गाजालाई पूर्ण रुपमा घेराबन्दी गर्ने र बिजुली, इन्धन, खाद्यवस्तु, पानी र अन्य सामग्रीको आपूर्ति बन्द गरेको घोषणा गरेको थियो ।

पछिल्लो पावर स्टेशन बन्द हुनुको अर्थ यो पनि हो कि गाजाका जनताले अब बिजुलीका लागि जेनेरेटरमा भर पर्नु पर्नेछ र जेनरेटरले पनि चलाउनका लागि इन्धन छ भने मात्र काम गर्नेछ।

गाजाको अन्तिम बिजुली आपूर्ति काटिएको छ।

गाजामा बस्ने कमाल मशरावीले केही समयअघि बीबीसीसँग कुरा गरेका थिए । उनी ४५ जनासँग बेसमेन्टमा थिए । उनले भनेका थिए, “अवस्था निकै खराब छ, हामीसँग न पानी छ, न इन्टरनेट छ न बिजुली छ।”

आक्रमणमा आफ्ना छोराछोरी घाइते भएको र परिवारका धेरै सदस्य गुमाएका तर इन्टरनेट नभएका कारण आफूले कसैलाई सम्पर्क गर्न नसकेको मशरावीले बताए ।

“म काँपिरहेको छु। नागरिकहरू यसरी मरिरहेको देख्दा धेरै नराम्रो लाग्छ। उनीहरूलाई यो द्वन्द्वबाट टाढा राख्नु पर्ने थियो। हामी नागरिकहरू यसको हिस्सा होइनौं तर हामी प्रभावित छौं,” उनले फोनमा भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *