हमास आक्रमणको नेतृत्व गर्ने कमाण्डर मारेको इजरायलको दाबी

डिसी नेपाल
२८ असोज २०८० १२:२०
100
Shares

काठमाडौं । इजरायली वायुसेनाले गत शनिबार दक्षिणी इजरायलका क्षेत्रमा हमास आक्रमणको नेतृत्व गर्ने कमाण्डर अली कादीलाई मारेको जनाएको छ।

इजरायली सेनाले गुप्तचर एजेन्सीहरूको प्रयासपछि अली कादीको ड्रोन आक्रमणमा मृत्यु भएको बताएको छ।

यसैबीच, प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले गाजामा मृत्यु हुनेको संख्या २,२१५ पुगेको जनाएको छ। घाइतेको संख्या अहिले ८ हजार ७ सय १४ पुगेको छ ।

वेस्ट बैंकमा अहिलेसम्म ५४ जनाको मृत्यु भएको छ भने १ हजार १ सय घाइते भएका छन् । इजरायल र इजिप्टले अमेरिकी नागरिकले रफाह सिमाना हुँदै गाजा छोड्न सक्ने बताएका छन् ।

इजरायल र इजिप्टका सरकारले दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म रफाह नाका खुला रहने बताएको छ ।

यद्यपि, गाजा नियन्त्रण गर्ने हमासले अमेरिकी नागरिकहरूलाई उक्त क्षेत्र छोड्न दिने वा नदिने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *