अफगानिस्तानमा तेस्रो पटक भूकम्प, एकको मृत्यु तथा १०० बढी घाइते
काबुल। पश्चिमी अफगानिस्तानमा फेरि गएको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ। केही दिन अघि यस क्षेत्रमा गएका दुईवटा ठूला भूकम्पका कारण १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
अमेरिकी भूगर्भ सर्वेक्षणले हेरात सहर नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। तेस्रो पटक गएको यो भूकम्प चार माइलको गहिराइमा थियो। स्थानीय स्वास्थ्य अधिकारीहरुका अनुसार कम्तिमा एक जनाको मृत्यु भएको छ। अन्य १०० जनाको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यसअघिका भूकम्पमा ज्यान गुमाउनेमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको राष्ट्रसंघको बाल निकाय युनिसेफले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment