इजरायलका सैनिकलाई सित्तैमा खाना दिएपछि म्याकडोनाल्ड्स ट्रोल, अब गाजालाई सहयोग गर्ने घोषणा

डिसी नेपाल
२९ असोज २०८० १०:४०
3.1k
Shares

काठमाडौं । अमेरिकी खाना आउटलेट म्याकडोनाल्ड ब्याकफुटमा छ । कुवेतदेखि ओमान, साउदी अरब, टर्की र जोर्डनसम्म कम्पनीका विभिन्न प्रतिनिधिले स्पष्टीकरण दिइरहेका छन् । यससँगै कम्पनीको तर्फबाट गाजामा राहत कार्यका लागि आर्थिक सहयोगको घोषणा पनि गरिएको छ ।

यसअघि केही सञ्चारमाध्यममा खबर आएअनुसार म्याकडोनाल्डको इजरायलको सामाजिक सञ्जाल खाताले इजरायली सैनिकलाई ४ हजार निःशुल्क खाना प्याकेट उपलब्ध गराएको बताएको थियो । साथै अन्य खाद्यवस्तुमा पनि ५० प्रतिशत छुट दिइने भनेको थियो ।

म्याकडोनाल्ड इजरायलको यो घोषणापछि सामाजिक सञ्जालमा म्याकडोनाल्डको बहिष्कार चल्न थाल्यो । कम्पनीको पाकिस्तान शाखाले आफूलाई इजरायल फ्रान्चाइजीबाट अलग गरेको छ।

लेबनानमा म्याकडोनाल्डको विरुद्धमा प्रदर्शनहरू पनि भएका थिए। त्यसपछि म्याकडोनाल्ड्सले मध्यपूर्वका लगभग सबै देशमा विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिँदै इजरायल म्याकडोनाल्डले गरेको घोषणालाई म्याकडोनाल्डको पक्ष मान्न नहुने बताएको छ ।

वक्तव्यमा भनिएको छ ‘कम्पनी कसैको पक्षमा वा विपक्षमा छैन । थप रूपमा, म्याकडोनाल्डका व्यक्तिगत प्रतिनिधिहरूले पनि गाजामा राहत कार्यहरूका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *