गाजामा इजरायलको कारवाही आत्मरक्षाको दायराभन्दा बाहिर गयो : चीन

डिसी नेपाल
२९ असोज २०८० १३:२७
368
Shares

काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानसँग गाजामा इजरायलको कारबाही अब “आत्मरक्षाको दायराभन्दा बाहिर” गएको छ र इजरायली सरकारले “गाजाका जनतालाई सामूहिक दण्ड दिन बन्द गर्नु पर्छ” भनेका छन् ।

वाङ यीले साउदी अरेबियाका विदेशमन्त्रीसँगको टेलिफोन वार्तामा सो कुरा बताएका हुन्। इजरायली सेनाले गाजामा हमास चरमपन्थीहरू विरुद्ध स्थलगत कारबाही गर्ने घोषणा गर्दा वाङ यीले फैसल बिन फरहानलाई यो कल गरेका थिए।

चीनको सरकारी टेलिभिजन च्यानल सीसीटीभीले आइतवार भनेअनुसार इजरायल-हमास द्वन्द्वको बीचमा युद्धविराम र शान्ति वार्तालाई प्रवर्द्धन गर्न चीनका विशेष दूत झाई जुनले अर्को हप्ता मध्यपूर्वको भ्रमण गर्नेछन्।

“विभिन्न पक्षहरूसँग युद्धविराममा सहमति गर्न, नागरिकहरूको सुरक्षा गर्न, परिस्थितिको गम्भीरतालाई कम गर्न र अर्को हप्ता शान्ति वार्तालाई प्रवर्द्धन गर्न समन्वय गर्न यो भ्रमण हुने” सीसीटिभी ले आइतबार आफ्नो आधिकारिक सोशल मिडिया खातामा पोस्ट गरेको भिडियोमा भनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *