इजरायल पछि अमेरिकी राष्ट्रपतिले जोर्डनका राजासँग भेटघाट गर्ने

डिसी नेपाल
३० असोज २०८० ७:४८
148
Shares

वासिंगटन डिसी। इजरायल भ्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले जोर्डनका राजा अब्दुल्लाहसँग पनि भेटघाट गर्ने भएका छन्।

सो क्रममा इजिप्टका राष्ट्रपति र प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बाससँग भेटघाट गर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले जानकारी दिएका छन्।

बाइडेनले ‘हमास प्यालेस्टिनी जनताको मर्यादा र आत्मनिर्णयको अधिकारको पक्षमा उभिने छैन भन्ने कुरा दोहोर्‍याउने छन् र गाजाका सबै नागरिकहरूको मानवीय आवश्यकताहरूबारे फेरि छलफल गर्नेछन्’, किर्बीले भने।

उता, बिदेश मन्त्री ब्लिन्केनले गत हप्तामा इजरायली र अरब नेताहरूलाई भेटेर क्षेत्रको वरिपरि यात्रा गरिरहेका छन्। स्पष्ट रूपमा इजरायललाई समर्थन गर्ने अमेरिकी सार्वजनिक घोषणाहरूको बावजुद द्वन्द्वको समाधान खोज्ने प्रयासमा पछिल्लो समयमा अमेरिकनहरू लागिरहेको देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *