गाजाको खान युनिसमा खाद्यान्न संकट, रोटी पाउने आशामा बेकरीबाहिर सयौंको लाइन

डिसी नेपाल
३० असोज २०८० १२:१०
284
Shares

काठमाडौं । गाजाको खान युनिसमा खाद्य संकट छ। रोटी किन्न बेकरीबाहिर मानिसको लामो लाइन लागेको छ ।

यो बेकरी आज बिहान दक्षिणी गाजाबाट केही गहुँ आइपुगेपछि खोलिएको हो। सयौं मानिस रोटीको पर्खाइमा बेकरी बाहिर उभिरहेका छन्।

बीबीसीले ती मध्ये केही व्यक्तिहरूसँग कुरा गरेको छ। सबैले रोटी पाउन नसकेको बताए । बेकरीले एक जनालाई पाँच वटा रोटी मात्र दिने गरेको छ ।

लाइनमा उभिएका व्यक्तिको परिवारमा दुई, तीन वा पाँच जना छन्। यी मानिसहरू उत्तरी र दक्षिणी गाजाबाट भागेका छन्। यी मानिसहरूले खान युनिसमा शरण लिएका छन्।

करिब १० लाख प्यालेस्टाइनी उत्तरी गाजा छोडेर दक्षिणी क्षेत्रमा पुगेका छन् । इजरायलले उत्तरी क्षेत्र खाली गर्न भनेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *