तनावपूर्ण सुरक्षा अवस्थाका कारण कम्बोडियाद्वारा मालीबाट १०० जना शान्ति सैनिक फिर्ता

डिसी नेपाल
८ कार्तिक २०८० १९:१०
240
Shares

काम्पोङ चाम। संयुक्त राष्ट्रसंघको अनुरोधमा युद्धग्रस्त अफ्रिकी राष्ट्र मालीबाट कम्बोडियाले झण्डै १०० जना शान्ति सेना फिर्ता गरेको छ। कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बुधबार सो बारे जनाकारी गराएका छन्।

“केही दिन अघि मैले मालीबाटहाम्रो शान्ति सेना (नीलो हेलमेट फिर्ता गर्न स्वीकृति दिएको थिएँ किनभने त्यहाँ बढ्दो विषम परिस्थितिका कारण संयुक्त राष्ट्रसंघले त्यहाँका केही क्षेत्रहरूबाट सेना हटाउन थालेको थियो।

उनीहरू अब त्यहाँ बस्न सक्ने अवस्था रहेन किनभने संयुक्त राष्ट्रसंघका निलो हेलमेट सेनालाई पनि आक्रमणको तारो बनाउन थालियो, प्रधानमन्त्रीले भने। सैन्य विद्रोहपछि मालीको सङ्क्रमणकालीन सरकारले १० वर्ष पुरानो संयुक्त राष्ट्रसंघ अपरेशन फिर्ता लिन अनुरोध गरेको थियो।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यस वर्षको डिसेम्बर ३१ सम्ममा शान्ति मिसन फिर्ता लिने प्रस्ताव गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *