बाइडेनले भने – ‘गाजामा मारिएका प्यालेस्टाइनीको तथ्यांकमा विश्वास गर्न सकिँदैन’

डिसी नेपाल
९ कार्तिक २०८० १०:१०
72
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले “गाजामा मृत्यु हुनेको संख्यामा विश्वास नगर्ने” बताएका छन्।

पत्रकार सम्मेलनमा बाइडेनलाई सोधिएको थियो कि इजरायलले आक्रमणमा सर्वसाधारणलाई कम नोक्सान होस् भनेर सुनिश्चित गर्न पर्याप्त गरिरहेको छ?

बुधवार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “मलाई लाग्दैन कि प्यालेस्टिनीहरूले आक्रमणमा मारिएका मानिसहरूको संख्याको बारेमा सत्य बोलिरहेका छन्। इजरायलीहरूले यो युद्ध सुरु गर्नेहरू मात्र लक्षित छन् भनेर सुनिश्चित गर्न सावधान हुनुपर्छ। यदि त्यसो भएन भने यो इजरायलीहरूको हित विरुद्ध हुनेछ। तर प्यालेस्टिनीहरूले दिएको तथ्याङ्कमा मलाई विश्वास छैन।”

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ देखि इजरायली बमबारीका कारण गाजामा २७०० बालबालिकासहित ६५०० प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *