भारतको आन्ध्र प्रदेशमा दुई रेल एक आपसमा ठोक्किँदा ९ को मृत्यु

डिसी नेपाल
१३ कार्तिक २०८० ८:०५
28
Shares

नयाँदिल्ली। आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका छन्। यस रेल दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब ४० यात्रु घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै अधिकारीले सो जानकारी दिएका हुन्। मृतकका लागि क्षतिपूर्ति घोषणा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सो दुर्घटना पर्ने रेलहरुमा ०८५३२ विशाखापट्टनम-पलासा यात्री र ०८५०४ विशाखापट्टनम-रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ। यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो । यो रेल दुर्घटना भएको लाइन हावडा-चेन्नई लाईन भनिन्छ। अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *