चर्चित टिभी शो ‘फ्रेन्ड्स’का अभिनेता म्याथ्यु पेरीको निधन, बाथटबमा शव भेटियो
काठमाडौं । चर्चित अमेरिकी टिभी शो ‘फ्रेन्ड्स’का चर्चित अभिनेता म्याथ्यु पेरीको निधन भएको छ । उनको उमेर ५४ वर्ष थियो ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार पेरीको शव लस एन्जलसको उनको घरमा भेटिएको प्रहरीले मिडियालाई बताएको छ । म्याथ्यु पेरीले ९० को दशकको चर्चित अमेरिकी टिभी कार्यक्रम ‘फ्रेन्ड्स’ मा चण्डलर बिङको चर्चित पात्र निभाएका थिए।
न्यूयोर्क शहरमा बस्ने छ जना युवा साथीहरूको जीवनमा आधारित यो टिभी कार्यक्रम सन् १९९४ देखि २००४ सम्म प्रसारण भएको थियो। २००० को दशकमा, यसको अन्तिम एपिसोड ५.२५ करोड मानिसहरूले हेरेका थिए।
यो दशकमा सबैभन्दा धेरै हेरिएको टिभी कार्यक्रम थियो।
लस एन्जलस टाइम्स र टिएमजेडले पहिले म्याथ्यूको मृत्युको खबर दिएका थिए । यी मिडिया आउटलेटहरूले रिपोर्ट गरेअनुसार म्याथ्यूज उनको बाथटबमा मृत फेला परेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment