लघुकथा : आगोसँग सावधान
‘सुजन तिमी किन ढिलो आएको? दुई पिरियड सकिइसक्यो?’ सबै साथीहरुले एकै स्वरमा सोधे के भयो हँ?
हेर न, निरज बेलुका अगेनाको छेउमा बसेर हामी सबै आगो तापिरहेका थियौं, हजुरआमाको सारीको छेउ अगेनामा परेछ अनि ह्वार्रै बल्यो। उहाँले नाइलनको सारी लगाउनु भएको रहेछ। हजुरआमाको पूरा शरीर नै ह्वार्र बल्यो, बुबाले हतारहतार राडीले हजुरआमालाई छोप्नु भयो त्यसैले जीउमा चै आगोले पोलेनछ। हजुरआमाको काखमा मेरी बहिनी पनि बसेकी थिइ, उसको र्फक कटनको रहेछ, त्यसैले उसको एउटा खुट्टामा मात्र आगोले पोल्यो। हामी सबैजनाको रुवाबासी सुनेर हाम्रा छिमेकिहरु पनि हाम्रो घरमा आए। हामी सबैजना मिलेर नजिकैको अस्पतालमा हजुरआमा र बहिनीलाई लग्याैं। बाटामा पनि हजुरआमा र बहिनीलाई पानी खन्याउँदै लगेको थियो।’
‘अस्पतालमा डा.अंकलले भन्नु भएको हजुरआमाले कटनको पेटिकोट लगाएको हुनाले र ठिक समयमा बुबाले आगोलागेको ठाउँमा राडीले छोपेको हुनाले शरीरको भित्रसम्म गहिरो घाउ हुन पाएनछ।’
हजुरआमाले रुँदै भन्नुभयो, ‘अबदेखि म कटनका मात्र कपडा लगाउँछु, चिप्ला लुगा कहिल्यै लगाउँदिन।’
ए, आगोले पोल्दा मानिसलाई छोप्नु पर्दाे रहेछ? रीताले सोधिन्।
हो, त।
मानिसलाई आगोले पोल्यो भने राडी, पाखीले छोप्नुपर्दो रहेछ। तर कम्बलले चै छोप्नु हुँदैन रे, त्यसमा पोलिस्टर हुन्छ रे अनि झन् पोल्छ अरे। अनि आगोले पोलेको ठाउँमा पानी खन्याको खन्यायै गर्नु पर्ने रहेछ।
डा. अंकलले भनेको ‘हामी केटाकेटीहरुले सलाई, लाइटर, बत्ती, धुप, मैनवत्ती, पटका, आइरन, विजुलीका प्लक,ग्यास, हिटर चलाउनु हुँदैन रे’। ठूलो दुर्घटना हुन सक्छ रे।
‘हामी त हिजो रातभरि रोयौं।’
‘हे भगवान! तिमीहरुलाई कस्तो आपद परेछ है। मेरो मामुले भनेको खाना पकाएको ठाउँमा पनि हामी केटाकेटी नजानु रे, कहिले उम्लिरहेको पानी, ताता भाँडाले पनि पोल्छ रे’ ज्ञानुले भनिन्।
ल, ल हामी पनि अबदेखि आगोसँग होसियार बन्नुपर्छ र हाम्रा सबै साथीहरुलाई यी कुराहरु भन्नु पर्छ।
अनि हाम्रा स्कुलका ठूला दाइ दिदीहरुलाई ‘आगोसँग सावधान’ भनेर पत्रिकामा लेखिदिनु भन्नुपर्छ। अब त झन् हिउँद सुरु भयो। यस्तो आपद कसैलाई पनि नपरोस्।
No ads found for this position


Facebook Comment