गाउँले परिवेशमा आधारित उपन्यास ‘ठाँटीको घाम’

डिसी नेपाल
१ माघ २०८० ०:११
24
Shares

खोटाङ। वरिष्ठ साहित्यकार टंक भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यासको विषयवस्तुमाथि दिक्तेलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

गत असोज–२८ गते ताप्लेजुङमा विमोचन गरिएको सो उपन्यासमा दुई सय ४५ पेजमा ५३ फरकफरक विषयवस्तु समेटिएका छन्। उपन्यासभित्र ‘रमितेखोलो, गोठाला, झाँक्री पहरो, अधुरो, सिक्किमे पिरती, बजूका कथा, धामीको भर, शिक्षाको झिल्को, अँध्यारो बाटो, लाहुरतिर, चिठीचपेटो, ठाँटी चौतारो, बाँसमा खोपेको मायाँ’ लगायतका खण्डभित्र आफ्नै गाउँठाउँको सामाजिक परिवेशलाई यथार्थ रुपमा चित्रण गरेका छन्।

उपन्यासमा गाउँघरको विषयवस्तु र पात्रलाई फूलको मालासरी उनेको पाइएको खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यले समीक्षा गरेका छन्। सोलुसन ग्राफिक डिजाइन, बागबजार काठमाडौँबाट मुद्रित पुस्तक ‘ठाँटीको घाम’ को प्रकाशन रत्न पुस्तक भण्डार, काठमाडौंले गरेको हो।

राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान खोटाङका अध्यक्ष विष्णु आभूषणको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक डा धनप्रसाद सुवेदी कार्यक्रमको प्रमुख आतिथिका रुपमा रहेका थिए।

कार्यक्रममा कृति विषयमा प्राडा सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, साहित्यिक श्रष्टा टंक थापा, राजनीतिकर्मी प्रकाश श्रेष्ठ, शिक्षक धनीराम राई, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतले समीक्षा गरेका थिए।

जनताका सेवासँगै आफ्नो लेखन यात्रालाई निरन्तरता दिइरहेका लेखक तथा साहित्यकार भट्टराईका यसअघि ‘साँझमा पहिलो तारा’–२०६७७ कविता सङ्ग्रह र ‘म पनि बग्दैछु साप्सु’–२०७३७ कथा सङ्ग्रह प्रकाशित छन्।

अन्तरक्रिया कार्यक्रममा उपस्थित जिल्ला तथा राष्ट्रियस्तरका श्रष्टाले आआफ्नो सृजना वाचन गरेका थिए।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले स्थायी घर भएका साहित्यकार भट्टराई हाल ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *