अस्ट्रेलिया एशियन कपको राउण्ड १६ मा

डिसी नेपाल
४ माघ २०८० १९:५८
72
Shares

काठमाडौं । अस्ट्रेलिया जारी एशियन कपको राउण्ड १६ मा छनौट भएको छ ।

विहिबार सम्पन्न खेलमा सिरियालाई १–० गोल अन्तरले पराजित गर्दै अस्ट्रेलियाले समुह बी बाट राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अस्ट्रेलियाको जितमा खेलको ५९औं मिनेटमा ज्याक्सन इर्भिनले गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो ।

यो अस्ट्रेलियाको लगातार दोस्रो जित हो ।  २ खेलमा ६ अंक हासिल गरेको अस्ट्रेलिया अहिले समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै सिरियाको भने २ खेलमा एक अंक रहेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल आगामी मंगलबार उज्बेकिस्तानसँग खेल्ने छ भने सिरियाले मंगलबार नै भारतको सामना गर्ने छ ।

जारी एशियन कपमा अहिलेसम्म अस्ट्रेलियासँगै कतारले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.