वेस्टइन्डिजविरुद्ध अस्ट्रेलिया १० विकेटले विजयी
काठमाडौं। अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्धको पहिलो टेस्ट १० विकेटले जितेको छ। टेस्टको तेस्रो दिन वेस्टइन्डिजले दिएको २६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो।
यसअघि वेस्टइन्डिजले पहिलो इनिंगमा १८८ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिङमा २८३ रन बनाएको थियो। यस खेलमा अस्ट्रेलियाले पहिलो इनिंगमा ९५ रनको अग्रता बनाएको थियो।
त्यसपछि वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिंगमा १२० रन मात्र बनाएपछि अस्ट्रेलियाले २६ रनको लक्ष्य पाएको थियो। यस खेलमा पहिलो इनिंगमा ११८ रनको शतकीय पारी खेलेका अस्ट्रेलियाका ट्राभिस हेड प्लेयर अफ द म्याच बनेका छन्।
यो जितपछि २ खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब दोस्रो टेस्ट जनवरी २५ देखि शुरु हुने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment