यू-१९ विश्वकपमा भारतीय टोलीको विजयी सुरुवात
काठमाडौंं। आइसीसी यू-१९ विश्वकपमा भारतीय टोलीले विजयी सुरुवात गरेको थियो।
पहिलो खेलमा भारतले बंगलादेशलाई ८४ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन बनाएको थियो । जवाफमा बंगलादेश ४५.५ ओभरमा अलआउट हुँदै १६७ रनमा समेटियो।
भारतका लागि आदर्श सिंहले सर्वाधिक ७६ रन बनाए। कप्तान उदय सहारनले ६४ रनको योगदान दिए। सचिन दासले २६ तथा प्रियांशु र अविनिशले २३-२३ रनको योगदान दिए।
बलिङतर्फ बंगलादेशका मारुफ मिट्टीले ५ विकेट लिए। मोहम्मद रिजवान र रहमान रेड्डीले समान १–१ विकेट लिए।
बंगलादेशका लागि मोहम्मद सिहाब जेम्सले सर्वाधिक ५४ रन बनाए। त्यस्तै अरिफुल इस्लामले ४१ रन बनाए। यी दुईबाहेक तीन ब्याट्सम्यानले मात्र दोहरो अंक छुन सके। शेख पेवेज जिबोन १५ रनमा अविजित रहे । त्यस्तै इशिकुर रहमान सिब्ली र जिशान आलमले समान १४–१४ रनको योगदान दिए।
भारतका लागि सौम्या पाण्डेले ४ विकेट लिए । मुशीर खानले २ विकेट लिए । त्यस्तै राज लिम्बानी, अर्शिन कुलकर्णी र प्रियांशु मोलियाले समान १–१ विकेट लिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment