इन्टर मिलानले जित्यो इटालियन सुपर कोपाको उपाधि
काठमाडौं। इन्टर मिलानले इटालियन सुपर कोपाको उपाधि जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा इन्टर मिलानले नापोलीलाई १-० गोल अन्तरले पराजित गर्दै सुपर कोपाको उपाधि जितेको हो।
इन्टर मिलानको जितमा खेलको ९१औ मिनेटमा लाउतारो मार्टिनेजले निर्णायक गोल गरेका थिए। इन्टर मिलानले योसहित लगातार तेस्रो बर्ष इटालियन सुपर कोपाको उपाधि जितेको छ।
यो उपाधि सबैभन्दा बढी युभेन्टसले ९ पटक जितेको छ भने इन्टर मिलानले ८, एसी मिलानले ७ र लाजियोले ५ पटक जितेका छन्। इटालियन सुपर कोपा गत सिजनको लिग विजेता तथा उपविजेता तथा कोपा इटालियाको विजेता तथा उपविजेताबीच खेलिदै आएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment