भारतलाई २०१२ को यु-१९ विश्वकप जिताउने ३ खेलाडी अमेरिकाको तर्फबाट टी-२० विश्वकप खेल्ने

डिसी नेपाल
१० माघ २०८० १५:०१
904
Shares

काठमाडौं । २०१२ को अण्डर १९ विश्वकप जित्ने भारतीय टोलीका कप्तान उन्मुक्त चन्द र अन्य २ खेलाडीहरू हरमित सिंह र स्मित पटेल अब अमेरिकाको तर्फबाट २०२४ को टी-२० विश्वकप खेल्न सक्नेछन् । २०२४ को विश्वकप अमेरिका र वेष्ट इण्डिजमा हुँदैछ ।

हरमित र स्मित यसअघि नै अमेरिकाका लागि खेल्नका लागि योग्य भइसकेका छन् भने चन्द मार्च २०२४ मा छनोट हुनेछन्। टी–२० विश्वकपमा भारत र अमेरिकाबीचको खेल १२ जुनमा हुँदैछ । उन्मुक्त चन्द अहिले ३० वर्षका भइसकेका छन् । चन्दले २०१२ को यु-१९ विश्वकपको फाइनलमा अस्ट्रेलिया विरुद्ध शतक बनाएर भारतलाई च्याम्पियन बनाएका थिए ।

भारतीय घरेलु क्रिकेटमा वर्षौंसम्म प्रयास गर्दा पनि राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेपछि चन्द २०२१ मा अमेरिका गए। यहाँ पुग्ने बित्तिकै उनले सिलिकन भ्याली स्ट्राइकर्सको कप्तानी गरे र टोलीलाई माइनर लिग क्रिकेट टी-२० को उपाधि दिलाए। उनी माइनर लिग च्याम्पियनसिपको पछिल्लो ३ सिजनमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यहाँ उनले ४३ को औसतमा १५ सयभन्दा बढी रन बनाएका छन् ।

बायाँ हाते स्पिनर हरमित सिंह चन्दसँगै २०१२ को अन्डर १९ विश्वकप टोलीमा थिए। त्यसपछि क्रिकेट विज्ञहरूले उनलाई महान् बिशन सिंह बेदीसँग तुलना गरे। उनलाई घरेलु टोली मुम्बईले बेवास्ता गरेको थियो, त्यसपछि उनी त्रिपुरा र जम्मू कश्मीर गएर घरेलु क्रिकेट खेल्नुपरेको थियो। हरमित सन् २०२० मा अमेरिका गएका थिए । हरमित मुम्बईका टिममेट रोहित शर्मा र सूर्यकुमार यादवसँग प्रतिस्पर्धा गर्न तयार छन्।

स्मित पटेल एक आक्रामक विकेटकिपर ब्याट्सम्यान हुन्। स्मित पटेलले यु-१९ विश्वकप फाइनलमा ६२ रनको छोटो तर साहसी इनिङ खेले। स्मितले गुजरात, त्रिपुरा र बडोदा जस्ता टोलीहरूसँग प्रथम श्रेणी खेल खेले। बडोदाबाट खेलेपछि स्मित २०२० मा एसएमए ट्रफीमा अमेरिका गएका थिए।

उनले अमेरिकामा घरेलु क्रिकेट खेल्न जारी राखे। त्यसपछि उनले २०२१ मा बार्बाडोस ट्राइडेन्ट्सका लागि कल पाए, जहाँ उनले पहिलो खेलमा अर्धशतक बनाएका थिए। सन् २०२२ मा उनी दुर्घटनामा परे । लगभग छ महिना पछि एमएलसीमा सान फ्रान्सिस्को युनिकोर्न द्वारा ड्राफ्ट गर्नु अघि उनी पूर्ण फिटनेसमा फर्किए, तर उद्घाटन सत्रमा खेल खेलेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.