अफ्रिकन कपबाट बाहिरिएपछि घानाद्वारा मुख्य प्रशिक्षक बर्खास्त

डिसी नेपाल
१० माघ २०८० १६:०५
64
Shares

काठमाडौं।  जारी अफ्रिकन कप अफ नेसन्सको समुह चरणबाट बाहिरिएपछि घानाले आफ्ना मुख्य प्रशिक्षक क्रिस हगटनलाई बर्खास्त गरेको छ।

घानाले जारी अफ्रिकन कपको समुह चरणमा कुनै खेल जित्न सकेको थिएन । घानाले एक खेलमा हार बेहोरेको थियो भने दुई खेल बराबरी खेलेको थियो।  ३ खेलमा २ अंक हासिल गरेको घाना समुह बी मा तेस्रो स्थानमा रहदै बाहिरिएको थियो।

घाना फुटबल फेडेरेसनले एक विज्ञप्ति जारी गर्दै क्रिसलाई पदमुक्त गरेको घोषणा गरेको छ। साथै घानाले राष्ट्रिय टिमको प्राविधिक टिमलाई समेत बर्खास्त गरेको छ । फेडेरेसनले राष्ट्रिय टिमको नेतृत्व छिट्टै चयन गर्ने बताएको छ।

न्यूक्यासाल र ब्राइटनका पूर्व प्रशिक्षक रहेका क्रिस २०२२ को विश्वकपपछि घानाको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए।

घानाले १९६३, १९६५, १९७८ र १९८२ गरि चार पटक अफ्रिकन कप जितेको छ भने १९६८, १९७०, १९९२, २०१० र २०१५ मा उपविजेता बनेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *