जोकोभिचलाई हराउँदै सिनर अस्ट्रेलियन ओपनको फाइनलमा
काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिच अस्ट्रेलियन ओपन सिंगलबाट बाहिरिएका छन्।
शुक्रबार मेलबर्नस्थित रोड लभेर एरिनामा सम्पन्न सेमिफाइनल खेलमा जोकोभिच इटालीका जानिक सिनरसँग ३-१ सेटले पराजित हुँदै प्रतियोगताबाट बाहिरिएका हुन्।
विश्व वरियतामा चौथो स्थानमा रहेका सिनरले जोकोभिचलाई ६-१, ६-२ ले पराजित गर्दै सुरुका दुई सेट जितेका थिए। त्यसपछि जोकोभिचले तेस्रो सेटमा ७-६ (८-६) ले जित निकाल्दै खेलमा फर्किने प्रयास गरेका थिए। तर, चौथो सेट सिनरले ६-३ ले जिते हासिल गरेपछि १० पटकका अस्ट्रेलियन ओपन च्याम्पियन जोकोभिच स्तब्ध भएका थिए।
यो जितपछि २२ बर्षीय सिनर पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेका छन्। अब सिनरले उपाधिका लागि रसियाका ड्यानिल मेड्भेडेब र जर्मनीका एलेजान्डर जेभरेभबीचको विजेतासँग खेल्नेछन्।







डिसी नेपाल







Facebook Comment