क्यानडाविरुद्धको सिरिज तथा लिग-२ खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा
फाइल फोटो
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडाविरुद्धको सिरिज तथा आइसीसी पुरुष सीडब्लुसी लिग-२ का लागि टिमको घोषणा गरेको छ।
क्यानले क्यानडाविरुद्धको टिममा यू-१९ कप्तान देव खनाल, हेमन्त धामी, रिजन ढकाल,आकाश चन्द र सुर्य तामाङ जस्ता युवा खेलाडीलाई अवसर दिएको छ । त्यस्तै अनिल शाहले लामो समयपछि टिममा कम ब्याक गरेका छन्।
त्यसैगरी सीडब्लुसी लिग-२ का लागि सुर्य तामाङ र रिजन ढकाललाई टिममा समावेश गरेको छ।
नेपालले क्यानडाविरुद्ध फेब्रुअरी ८ र १२ मा दुई खेल खेल्ने छ भने लिग-२ का खेल फेब्रुअरी १५ देखि २४ सम्म काठमाडौंमै खेल्ने छ । लिग-२ त्रिकोणात्मक सिरिज हुने छ भने यसमा नेपालसहित नामिबिया र नेदरल्याण्डस खेल्ने छन्।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment