विभिन्न प्रकरणमा मुछिएका राजनीतिक व्यक्तिहरुलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चूनौति

डिसी नेपाल
१ चैत २०८० १९:०७
36
Shares

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवास लगायत विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएकाहरु व्यक्तिहरुलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चूनौति दिएका छन्।

हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना लगायतका विभिन्न माग राख्दैं बिहीबार काठमाडौंमा आयोजना गरेको प्रदर्शनपछि आयोजित सभामा थापाले ललिता निवास, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिहरुलाई जोगाउने काम भएको भन्दै उनीहरुलाई कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चूनौति दिएका हुन्। उनले गृहमन्त्रीमाथि लागेको सहकारी ठगीको विषयमा पनि सहि ढंगले छानबिन गर्न समेत चूनौति दिए।

सरकार र राजनीतिक दलहरुका कारण नेपाली युवाहरु खाडी मुलुकमा जान बाध्य भएको भन्दै उहाले मुलुकको वर्तमान व्यवस्था पूर्ण असफल भएको जिकिर गरे। हिजो जनयुद्धमा बन्दुक बोक्नेहरु खाडी मुलुकमा र बन्दुक बोकाउने नेताहरु रातारात अर्बपति भएको उनले बताए। अध्यक्ष थापाले राजनीतिक नेताहरुले अर्बौ रुपैया विदेशी बैंकमा लुकाएर राखेको आरोप समेत लगाए। उनले मुलुकको परिवर्तन देश र जनताका लागि नभई नेताहरुलाई कमाउने भाँडो बनेको जिकिर गरे।

अध्यक्ष थापाले विभिन्न क्षेत्रमा देखिएको समस्या राजनीतिक नेताहरुकै कारण भएको बताए। हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.