दैलेखमा भूकम्पको धक्का
काठमाडौं। दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ।
आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए।
उनले भने, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment