भारतको बिहारमा एक सातामा निर्माणाधीन पुल तेस्रो पटक भत्कियो
काठमाडौं। भारतको बिहारको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहारमा पछिल्लो एक हप्तामा याे पुल तेस्रो पटक भत्किएको हाे।
मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतीको खबर नभएको अधिकारीहरुले जनाएका छन्। ग्रामीण निर्माण विभागले घोरासहन ब्लकको नहरमा निर्माणाधीन १६ मिटर लामो पुल भत्किएको बताएका छन्।
यो पुल अमवा गाउँलाई ब्लकका अन्य क्षेत्रसँग जोड्न निर्माण गरिएको हो। डेढ करोडको लागतमा निर्माण हुन लागेको हो।
यस अघि जुन ४ मा पनि बिहारको खगरियामा गंगामाथि बनेको पुलको एक भाग नदीमा डुबेको थियो। यो पुल भागलपुर जिल्लाको सुल्तानगञ्ज र खगरिया जिल्लाको अगुआनी बीच करिब १७१७ करोड भारुको लागतमा निर्माण भइरहेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment