साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको संख्या १३ सय पुग्याे

डिसी नेपाल
१० असार २०८१ १६:११
72
Shares

काठमाडौं। साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ। साउदी प्रशासनका अनुसार हजका क्रममा १ हजार ३ सय १ तीर्थयात्रीले ज्यान गुमाएका छन्। साउदी प्रशासनले चर्को गर्मी र अवैध यात्रालाई यसको कारण भनेको छ।

गर्मीले कीर्तिमान तोडिरहेको र तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको बेला यस वर्षको हजयात्रा भएको हो। जुन १४ देखि १९ सम्म भएको हज यात्राका क्रममा मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति नभएको र उनीहरु गर्मीमा आश्रय बिना हिँडिरहेको साउदी अरेबियाले बताएको छ। मृतकमध्ये केही वृद्ध र बिरामी समेत रहेका थिए।

साउदी अरेबियाका स्वास्थ्य मन्त्री फहद अल–जलाजेलले यात्रुहरूलाई अत्यधिक गर्मीको खतरा र यसबाट कसरी बच्ने भन्ने बारे सचेतना जगाउने प्रयास भइरहेको बताए। स्वास्थ्य केन्द्रमा करिब पाँच लाख मानिसको उपचार भइसकेको छ, जसमध्ये १ लाख ४० हजार बिना अनुमति यात्रा गर्ने व्यक्ति रहेको साउदी सरकारले बताएको छ।

हजयात्राका क्रममा लगातार मृत्यु हुने र विशेषगरी अनुमतिबिना आउने मानिसलाई सुविधा नदिएको भन्दै साउदी अरेबियाको आलोचना भइरहेको छ।

हज यात्रामा मारिनेमा सबैभन्दा बढी इजिप्टका छन्। इजिप्टका अहिलेसम्म ६५८ हज यात्रीको मृत्यु भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *