दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, २२ जनाको मृत्यु

डिसी नेपाल
१० असार २०८१ १८:०५
216
Shares

काठमाडौं। दक्षिण कोरियाको एक कारखानामा लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ। यस घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको बताइएको छ।

दक्षिण कोरियाको राजधानी सियोलबाट ४५ किलोमिटर टाढा रहेको ह्वासेङ सहरको एउटा कारखानामा सोमबार आगलागी भएको हो।

दक्षिण कोरिया लिथियम ब्याट्रीको ठूलो आपूर्तिकर्ता हो र यहाँ बनाइएका ब्याट्रीहरू विद्युतीय सवारी साधन र ल्यापटपमा प्रयोग गरिन्छ। ह्वासेङको मेडिकल अथोरिटीका एक अधिकारीले यस दुर्घटनामा हालसम्म २२ जनाको मृत्यु भएको बताएका छन्।

यस कारखानाको दोस्रो तल्लामा करिब ३५ हजार ब्याट्री अन्य ठाउँमा पठाउन प्याक गरिएको थियो। ब्याट्रीमा कसरी आगो लाग्यो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। ब्याट्रीमा आगो लाग्दा कारखानामा करिब एक सय कर्मचारी काम गरिरहेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *