कथा : आफन्तसँग सम्बन्धका दरारहरु
मलाई दुई ढोका खुब प्याराे लाग्छन्। पहिलो आफ्नै घरको अनि अर्को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ढोका।
जहाँबाट प्रारम्भ हुन्छ धेरैको धोका, हन्डर र ठक्करको यात्रा।
दूर र दूरीको प्रश्नले खुब सताई रहन्छन् आजकल। अमेरिकाको जीवन यनकेन चली नै रा’छ। सताउने भनेको सम्झनाले पनि त रहेछ। जति ठूलो शहरमा बसे पनि सपना चाई बलपनमा आफू खेलेको चहुर, डुल्ने पाखा पखेरा, साथीरुको देखिँदो रहेछ।
सपनामा पुगेपछी बिसाउने चौतारी गाउँकै रहेछ। खोइ आजकल त भत्कायो कि क्यो डोजरले ति छहारी मुनिको चौतारीहरु।
त्यो उमेरमा आफन्तले बोकाई दिएको घाँसको भारीको खुब याद आउँछ। तर, सफलताको बाटोमा अगाडि बढी रहँदा, संघर्षमा सहयोग नगरी थप खुट्टा तानेर आफ्नै तन र मन भारी बनाई दिदा हल्का दुःख पनि त लाग्छ।
संवेगदेखि आवेग नहुने मान्छे को होला?
यो इर्श्या भन्ने शब्दको अर्थ अहिले आफन्त शब्दकोषमा खोज्दै छु। चरम महत्वकांक्षाबाट उत्पत्ति हुँदो रहेछ यो पुस्तकको निर्माण।
कुनै दिन टेबलबाट पुस्तक खसेपछि सुरु हुँदो रहेछ आफन्तहरु सँगको सम्बन्धको दरार।
हाम्रो पुस्तकमा के लेखिएको थियो भन्ने कुराले हाम्रो पुस्तकको गहिराई थाहा हुने हो। न कि किताबी कभरले।
सिरक ओढेर सुतेपछि कहाँ थाहा हुन्छ र बोरा ओढेको भूतलाई?
हाल अमेरिका
No ads found for this position


Facebook Comment