लघुकथा : तादृश

ईश्वर पोखरेल
११ मंसिर २०८१ १३:४७
280
Shares

बाइलोजीको क्लासमा थियौं हामी। सर जुकाको जीवनचक्रका बारेमा पढाउँदै हुनुुहुन्थ्यो। र, भन्नुभयो, ‘जुकाले रगत चुस्छ, चुस्छ र, अघाएपछि चुस्न छाड्छ। नत्र त्यसको भुँडी फुट्छ।’

यस्ता सन्दर्भ आएपछि हामी नेपाली विद्यार्थीको भने आँखासामु रिल घुमे जस्तै विविध कालखण्डका अनेकन् क्षेत्रका लगालग अनुहारहरू आउने भन्या! यिनमा चुस्न छाडे जस्ता कोही देखिएका थिएनन्। कसैको भुँडी फुटेको पनि थाहा थिएन।

दोर्जेलाई पनि त्यस्तै भएछ क्यार! उसले सोधी पनि हाल्यो, ‘जुका अघाएपछि चुस्न च्वाट्टै छाड्छ र, सर?’

सर केही सम्हालिनु भयो। समालिएको छनक सरले चयन गर्नुभएका शब्दहरूबाट पाइन्थ्यो। भन्नुभयो, ‘जुकाले जनावरको रगत खान्छ र अघाएपछि खान छाडी दिन्छ।’

अनिलको ध्यान वस्तुस्थितिमा फर्किसकेको रहेछ। ऊ तन्मयका साथ फेरि नोट टिप्नेतिरै लागेको देखियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *