कविता :  जीव हत्या

राकेश कार्की
१३ मंसिर २०८१ १३:१८
92
Shares
भो मलाई मन पर्दैन
आफ्नो परिवारसंग रमाइरहेका
कुनै एक निरीह जीवको
‘हत्या’
एक हूल शिकारी
फगत आफ्नो शौकको लागि
लखेटी लखेटी मारिरहेछन्
बच्चा चराइरहेका
बिचरा थुरथुर काम्दै
आफ्ना बच्चाहरुलाई
जोगाउने असफल प्रयास गर्दागर्दै
रगताम्य भइ
गोलीको निशानामा छटपटिरहेका
अबोध मृगको
अनावश्यक गरेर
‘हत्या’
संसारका ठूला ठूला जीव
हात्ती, गैँडा, जीराफ
अनि टुहुरा केटाकेटीलाई
दुध पिलाएर हुर्काउने
गौरी माता
कति दयालु
कति मायालु
कति उच्च विचार भएका
आफ्नो आहाराको लागि पनि
कहिले पनि गर्दैनन्
कुनैपनि जीवको
‘हत्या’
तर मानिस मात्रै कति मुर्ख
कति अबुझ कति निर्दयी
आफ्नो स्वार्थको लागि
बनाइरहेछ अनेक हतियार
लडिरहेछ अनेक मीसाइल युद्ध
घिसारिरहेछन् कति छोरीचेली
अङ्गभङ्ग बनाइ तडपाइरहेछन
आफै गरिखाने कति सिधासादा
कोही आतंक मच्चाएर
कोही राजनीतिक बिरोध साध्न
कोही सत्ता हत्याउन
कोही सम्पत्ति लुटी खान
कोही केवल अरूको
दु:ख पीडामा रमाउन
अनावश्यक किन भइरहेछ
‘हत्या’
पुछिइहेछ कति सिउँदो
रित्तिइरहेछ कति कोख
रोइरहेछ कति आँखा
परिवार छिन्नभिन्न भएर
कुटि कुटि हिर्काइ हिर्काइ
जब भइदिन्छ कसैको
‘हत्या’
त्यसैले
भो मलाई मन पर्दैन
आफ्नो परिवारसँग रमाइरहेका
कुनै एक निरीह जीवको
‘हत्या’
लस एन्जेलस

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *