बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित

डिसी नेपाल
१६ मंसिर २०८१ ७:५९
196
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गतको जारी सिजनका खेलहरू भइरहेका छन्।

यसक्रममा शनिबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ। बार्सिलोनालाई लास पाल्मासले स्तब्ध पारेको हो।

अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई पाल्मासले २-१ गोलले पराजित गरेको छ।

पाल्मासले खेलमा सुरूवाती अग्रता लिएको थियो। पहिलो हाफ बराबरी खेलको दोस्रो हाफमा पाल्मासका सान्द्रो रामिरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ६१ मिनेटमा बार्सिलोनाका कप्तान राफिन्हाले गोल फर्काएर बराबरी गरे। तर, ६७ मिनेटमा पाल्मासका फाबियो सिल्भाले अर्को गोल थपेर टोलीलाई २-१ को नतिजामा ल्याए।

त्यसपछि बार्सिलोनाले पाल्मासविरूद्ध गोल गर्न नसकेपछि खेल २-१ को अन्तरमा सकिँदा बार्सिलोनाले महत्वपूर्ण तीन अंक गुमायो।

१५ खेल खेलेको बार्सिलोना ३४ अंक साथ अझै शीर्षस्थानमै छ। १५ खेल नै खेलेको पाल्मास १५ अंक साथ खेल तालिकाको पन्ध्रौं स्थानमा छ।

१५ खेल खेलेको एथलेटिको म्याड्रिड ३२ अंक साथ लिगको दोस्रो स्थानमा छ। साबिक विजेता रियल म्याड्रिडल १३ खेलमा ३० अंक हासिल गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *