लघुकथा : चलाखी

भूमिका गैरे तिमिल्सिना
१३ पुष २०८१ ७:१४
104
Shares

`चोर आयो! चोर आयो!´ दशैको बेलामा गाउँंमा कोही करायो। गाउँले सबै जर्‍याकजुरुक उठे। रात राम्रोसँग छिप्पिएको थिएन। कोही भाला, कोही खुकुरी लिएर निस्किए। सबैको हिम्मतले चोरहरू लखेटन सफल भए।

सुमनले डराएर भन्यो, `ओहो, चोरहरू त ग्याङ नै भएर भएर आएका रहेछन्। गाउँले एकजुट नभएको भए त आज सखापै पार्थे।´

आशिषले आशंका थप्यो, `फेरि पनि आउन सक्छन्। हामी मध्ये कसैको ज्यान पनि जान सक्छ। अबदेखि हामी चनाखो हुनु पर्छ।´

सुमनले सुझाव राख्यो, `रातमा पालो लगाएर हामी गस्ती गरौँ। नत्र त बर्बाद हुन सक्छ।´

तत्काल उनीहरूले गस्तीका लागि टोली तयार गरे। बाह्र बजेसम्म सुमनको टोली त्यसपछि चार बजेसम्म आशिषको टोली गरी समूह विभाजन भयो। अनिँदो भएकोले सुमनको टोली सुत्न भनेर सबै घर गए। आशिषको टोली गस्ती गर्दै थिए , अचानक केही पड्कियो।

`यति ठूलो आवाज के को हो? कसले के पड्कायो हँ?´ आशिषले सावधान गराउँदै सबैलाई आवाज आएतिर दौडिन आदेश दिए। त्यहाँ पुग्दा एउटा मानिस चोर! चोर भन्दै दौडियो। उनीहरू त्यसको पछि पछि दौडिए। निकै टाढा पुगेपछि ऊ अलप भयो। चारैतिर खोजे। कोही फेला परेन। चकमन्न अन्धकार मात्र थियो। स्याँ, स्याँ! गर्दै केटाहरू तर्क वितर्क गर्न थिए।

आशिषले गम्भीर भएर भन्यो , ” कतै त्यो मानिसले हाम्रो ध्यान भड्काएको त होइन? गाउँतिरै फर्कौं।´

गैंडाकोट ४ , नवलपुर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *