कविता : ए भमरा
ए भमरा मेरो फूलबारीमा किन घुम्दैनौ
गुनगुन गुनगुनाई तिम्रो धुन किन सुनाउँदैनौ
हे भूँ भूँ गर्ने भमरा मेरो वोरिपरी किन घुम्दैनौ
म फक्रि सकेकी फुलमा किन झुम्दैनौ।
तिम्रो नजरमा मेरो रुप कुरुप भयो की
कि मेरो बासनाले सुगन्ध दिन छाड्यो
केही समयमै मेरो जवानी ढल्नेछ
बासना साथै यो भर्भराउँदो रुप ओइलाएर जानेछ।
ए भमरा मेरो फूलबारीमा किन घुम्दैनौ
गुनगुन गुनगुनाई तिम्रो धुन किन सुनाउँदैनौ।
चंचल यो मन यसै चुल्बुलाई रहन्छ
मन्द मन्द हावाले पनि मलाई हल्लाइ रहन्छ
हलचल यो मनले तिमीलाई बोलाई रहन्छ
तिम्रो धुन सुन्न यो मन सधै आँतुर बनि रहन्छ।
ए भमरा मेरो फूलबारीमा किन घुम्दैनौ
गुनगुन गुनगुनाई तिम्रो धुन किन सुनाउँदैनौ।
गुनगुनाउँदै तिम्रो गीतले मलाई मधोशीमा लैजाऊ
मै फूलमा बसी मेरो रस लिँदै रमाउ
अधुरो मेरो चहाना चाहना मात्रै नबनाऊ
तिम्रो दोधारे मन म भित्रै भुलाउ।
ए भमरा मेरो फूलबारीमा किन घुम्दैनौ
गुनगुन गुनगुनाई तिम्रो धुन किन सुनाउँदैनौ।
No ads found for this position




Facebook Comment