नर्सिङ होममा आगलागी हुँदा जलेर २० जनाको मृत्यु

डिसी नेपाल
२७ चैत २०८१ १३:५०
2.4k
Shares

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तमा एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ।

मंगलबार राति करिब ९ बजे चेङ्दे सहरको लङहुआ काउन्टीमा आगलागी भएको हो। लामो प्रयासपछि आगलागी नियन्त्रणमा आएको आपतकालिन निकायका अधिकारीले बुधबार जनाएका छन्।

सरकारी समाचार एजेन्सी सिन्ह्वाले स्थानीय अधिकारीलाई उदृत गर्दै बुधबार बिहानसम्म करिब २० जनाको मृत्यु भएको पुष्टि गरेको बताएको छ। यस घटनामा अन्य कैयौं व्यक्ति घाइते भएका छन्। आगलागीको कारण भने खुल्न सकेको छैन। आगलागीबाट बच्न धेरैले भवनबाट हाम फालेका थिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

आगो लाग्दा नर्सिङ होममा धेरै वृद्धवृद्धा र कर्मचारी उपस्थित थिए। दमकलले आगो निभाउन तत्कालै पहल गरे पनि आगो निकै डरलाग्दो भएकाले निभाउन निकै समय लागेको थियो।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार यस घटनापछि स्थानीय प्रशासनले अनुसन्धान सुरु गरेको छ।

उद्धार गरिएका मानिसहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.