पूर्व मन्त्री चिदम्बरमलाई जमानतमा रिहा गर्न अदालतद्वारा अस्वीकार
नयाँ दिल्ली, भारत । भारतका पुर्व अर्थमन्त्री पि चिदम्बरमलाई जमानतमा रिहा गर्न भारतीय अदालतले अस्विकार गरेका छन्। भ्रष्टाचार सम्वन्धी मुद्धामा अनुसन्धानका लागि पक्राउ परेका चिदम्बरमलाई सोमबार रिहा गर्न अदालतले अस्वीकार गरेको हो।
यससँगै हिरासतबाट मुक्त हुन चिदम्बरमले गरेको प्रयास असफल भएको छ। केन्द्रीय अनुसन्धान विभाग (सिआईबी)ले सोधपुछका लागि भन्दै केही दिन अगाडि उनलाई पक्राउ गरेको थियो। उनलाई अघिल्लो हप्ता पाँच दिनका लागि थुनामा राखेर अनुसन्धान गर्ने आदेश अदालतले दिएको थियो।
उनी भारतीय काङ्ग्रेसको नेतृत्वको सरकारमा भारतको गृहमन्त्री बनेका थिए । संचार सेवासम्वन्धी एउटा परियोजनामा अनियमितता गरेको आरोप उनीमाथि लगाइएको छ। उनी भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र बहालवाला सांसद पनि हुन् । रासस/सिन्ह्वा
No ads found for this position


डिसी नेपाल
Facebook Comment