१ मिनेट चाँडै अफिसबाट बाहिर निस्किँदा जागिरबाट बर्खास्त !

डिसी नेपाल
१ वैशाख २०८२ १४:५६
384
Shares

काठमाडौं । चीनको ग्वाङ्झाउ शहरमा काम गर्ने वाङ नामकी एक महिलालाई १ मिनेट अगाडि नै कार्यालयबाट निस्केको भन्दै जागिरबाट निकालिएको छ। यी महिलाले एक महिनामा केवल ६ पटक मात्र यस्तो गरेकी थिइन् । तर अब अदालतले कम्पनीको यो निर्णयलाई ‘अवैध’ घोषित गरेको छ।

वाङ कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएकी थिइन् र उनको प्रदर्शन उत्कृष्ट रहेको भनिएको थियो । तर कार्यालयको निगरानी फुटेजको आधारमा कम्पनीले अचानक उनलाई बर्खास्त गर्‍यो, जसमा उनी निर्धारित समयभन्दा एक मिनेट अगाडि नै निस्कने गरेको देखिन्थ्यो।

आफ्नो फैसला सुनाउँदै स्थानीय अदालतले कार्यालयबाट १ मिनेट चाँडै निस्कनुलाई चाँडै निस्केको मान्न सकिँदैन भनेको छ। अदालतले भनेको छ ‘कम्पनीले न त कुनै चेतावनी दियो न त उनको व्यवहार सुधार्ने प्रयास नै गर्‍यो। त्यसैले यो बर्खास्तगी गैरकानूनी छ।’ अदालतले कम्पनीलाई वाङलाई उचित क्षतिपूर्ति तिर्न आदेश दिएको छ यद्यपि रकम खुलासा गरिएको छैन।

नोभेम्बर २०२४ मा, एक जना व्यक्तिलाई कार्यालयमा सुतिरहेको कारण जागिरबाट निकालिएको थियो, तर अदालतले उनलाई ४१ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो। मार्च २०२५ मा, बेइजिङको एक कानूनी फर्मलाई ओभरटाइम गरेकोमा जरिवाना गरिएको थियो, जसको सामाजिक सञ्जालमा व्यापक प्रशंसा भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *