भनेको नमान्ने यात्रुलाई एयर होस्टेसले सिटमा बाँधिदिएपछि…
काठमाडौं । म्यानचेस्टरबाट रोड्स जाँदै गरेको रायनएयरको उडानमा एक यात्रुले एयर होस्टेस र क्याबिन क्रूमाथि चिच्याउन थाले। एयरलाइन्सका कर्मचारीहरूले उनीबाट दुई बोतल रक्सी जफत गरे र उनलाई रक्सी दिन अस्वीकार गरेका थिए । यसपछि उनले अवतरणको समयमा आफ्नो सिटमा बस्न अस्वीकार गरे।
जब ती अनियन्त्रित यात्रुले आफ्नो सिटमा बस्न अस्वीकार गरे, पाइलटले अवतरण प्रक्रिया रोकेर एकछिन वरिपरि घुम्नुपर्यो। त्यसपछि एयर होस्टेस र अन्य क्याबिन क्रूले यात्रुलाई जबरजस्ती सिटमा बाँधे। चालक दलका सदस्यहरूले उनलाई दुई अतिरिक्त सिट बेल्ट प्रयोग गरेर सिटमा बाँधेका थिए । त्यसपछि मात्र विमान अवतरण गर्न सकियो । विमान अवतरण हुने बित्तिकै रोड्स प्रहरीलाई ती व्यक्तिलाई विमानबाट बाहिर निकाल्न बोलाइयो।
यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ। यसमा, कर्मचारी र अन्य यात्रुहरू व्यक्तिको वरिपरि जम्मा भएको देखिन्छ र एक चालक दलका सदस्यले उनलाई भनिरहेका छन् – ‘अब बस्नुहोस्।’ उडान कर्मचारीहरूले पहिल्यै इन्टरकममा उडान अघि ड्युटी फ्रीबाट किनेको रक्सी पिउने जो कोहीलाई पनि अवतरण पछि प्रहरीले पक्राउ गर्ने चेतावनी दिएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment