अमेरिकासँग व्यापार सम्झौता गर्ने देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चीनको चेतावनी
काठमाडौं । चीनको वाणिज्य मन्त्रालयले चीनलाई हानि पुर्याउन सक्ने गरी अमेरिकासँग यस्ता व्यापार सम्झौता गर्ने देशहरूको विरोध गर्ने बताएको छ ।
मन्त्रालयले स्पष्ट पारेको छ – ‘यदि यस्तो केही भयो भने चीन कडा प्रतिशोधात्मक कारबाही गर्न तयार छ।’
चीनको वाणिज्य मन्त्रालयले तुष्टीकरणले शान्ति नल्याउने बताउँदै चीन अमेरिकाको एकपक्षीय नीतिहरूको सामना गर्न अरूसँग सामेल हुन तयार रहेको बताएको छ।
अमेरिकाले अन्य देशहरूलाई ट्यारिफ छुटको बदलामा चीनसँगको व्यापार सीमित गर्न दबाब दिन सक्छ भन्ने रिपोर्टहरूपछि चीनको यो बयान आएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने घोषणा गरेपछि चीन र अमेरिकाबीच कर युद्ध सुरु भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment