इस्तानबुलमा समातिएका सोह्र हजार आप्रबासीलाई सुपुर्दगी गरिने

डिसी नेपाल
१० भदौ २०७६ २१:२९

इस्तानबुल (रासस/सिन्ह्वा) । टर्कीले जुलाई १२ पछि गैरकानूनीरूपमा स्तानबुल हुँदै यूरोप तथा अमेरिका जान लागेका १६ हजार ४२३ आप्रबासीलाई सम्बन्धित देशमा नै फिर्ता गर्ने भएको टर्कीका अधिकारीहरूले बताएका छन्।

इस्तानबुल गभर्नर कार्यालयले दिएको जानकारी अनुसार सुरक्षाकर्मीले पक्राउ गरेका आप्रबासीमध्ये चार हजार ५०० सिरियाली नागरिक रहेका बताइएको छ। उनीहरूसँग कुनै किसिमको औपचारिक कागजात नरहेकोले सबैलाई विभिन्न प्रान्तका अस्थायी शरणार्थी शिविरमा पठाइएको छ।

सरकारले समातिएका आप्रवासीलाई स्वदेश फर्किनका लागि आगामी अक्टोबर ३० सम्मको समय दिएको बताइएको एक सिरियाली गैरसरकारी संस्थाले जनाएको छ। टर्कीले यस पहिले (अगस्ट २०) सम्ममा सिरियाली शरणार्थीलाई स्वदेश फिर्ता हुन आग्रह गरेका थिए।

टर्कीका अधिकारीहरूले दिएको जानकारी अनुसार इस्तानबुलमा १० लाख छ हजार शरणार्थी रहेका तथ्याङ्क छ। जसमध्ये पाँच लाख ७० हजार शिरियाली शरणार्थी भएको बताउने गरिएको छ।

टर्कीको अन्य शहरहरू अङ्कारा र बुर्सामा पनि शरणार्थीको भीड बढेको भन्दै सरकारले इस्तानबुलमा जस्तै कारबाही गर्ने तयारी गरेको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुले बताए।

गरिबी र द्वन्द्वको पीडाले अरब मुलुकहरू लिबिया, सिरिया, यमन तथा केही एशियाली मुलुकका नागरिकहरूले यूरोप र अमेरिका प्रवेशका लागि खतरनाक सामुद्रिक बाटो तय गर्ने गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *