प्रचण्डलाई योगेशको प्रश्न- कुलमान हटाउँदा तपाईंको मुटुमा किला ठोकेजस्तो किन भएको?

डिसी नेपाल
२३ वैशाख २०८२ १३:१९
1.5k
Shares

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई घटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुटुमा किला ठोकेजस्तो किन भएको भन्दै प्रश्न गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले पनि प्रधान सेनापति हटाएको सम्झिन आग्रह गर्दै उक्त प्रश्न गरेका हुन्।

‘सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई काममा ट्युनिङ मिलेन भनेर मन्त्रीको प्रस्तावमा हटायो। तर, तपाईंको मुटुमा किला ठोके जस्तो किन भयो? यो सरकारले त एउटा सहसचिव सरहको कर्मचारी हटायो तपाईंले त प्रधान सेनापति नै हटाउनुभएको होइन? एक पटक सम्झिनुस् त कसरी हटाउनु भएको थियो? अस्तिकै कार्यकालमा पनि मुख्य सचिव हटाएर हुँदै नभएको पद राष्ट्रिय सुरक्षा परिषदको सल्लाकार पोष्ट खडा गर्नुभयो। तपाईंले अर्को मुख्य सचिव ल्याउनुथियो, अनि त्यसो गर्न मिल्थ्यो?,’ उनको प्रश्न छ।

कर्मचारीलाई हटाउने सरकारको अविशिष्ट अधिकार रहेको भन्दै सरकारसँग तालमेल नमिलेकाले एउटा सहसचिव हटाएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.